Logo

‘डन’ परशुराम बस्नेत एमालेबाट विराटनगरको मेयरमा सिफारिश



काठमाडौं, ७ वैशाख । विराटनगर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट डनको परिचय बनाएका परशुराम बस्नेतको नाम सिफारिश भएको छ । यसअघि महानगरपालिकाको कमिटीले सिफारिश गरेको नाममा परेका बस्नेत प्रदेश कमिटीबाट पनि सिफारिशमा परेका छन् ।

सिफारिश नामहरुबारे एमालेको केन्द्रबाट निर्णय हुनेछ । अब परशुराम बस्नेतसहित सागर थापा, बाबुराम कार्की, महेश भट्टराई, रामलाल साह र जीवन घिमिरेमध्येबाट उम्मेदवारको अन्तिम टुंगो लाग्नेछ ।

बस्नेतलाई मेयरको उम्मेदवार बनाउन एमालेको ठूलै शक्ति लागिसकेको छ । उनी पूर्वका बाहुबलीको राजनीति गर्ने व्यक्तिका रुपमा परिचित छन् । लडाकु स्वभावका उनी विगतमा युवा संघमा थिए । उनी ठेक्कापट्टालगायतका काममा मुछिएर विवादमा समेत परेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot