Logo

इटहरीका मेयर द्वारिकालाल चौधरीको नाम एमाले प्रदेश कमिटीले काट्यो



काठमाडौं, ७ वैशाख । नेकपा एमालेबाट इटहरी उपमहानगरपालिकामा निर्वाचित मेयर द्वारिकालाल चौधरी चर्चामा आइरहे । उनी कडा बोली र व्यवहारका कारण चर्चामा आइरहे । कार्यकालको अन्ततिर उनी फेरि चर्चामा छन् ।

विगतमा माधवकुमार नेपाल निकट भएपनि पार्टी फुट्दा चौधरी एमालेमै रहे । एमाले इटहरी उपमहानगरपालिका कमिटीले मेयरका लागि उम्मेदवारको नाम सिफारिश गर्दा उनको पनि नाम पठायो । तर, प्रदेश नम्बर १ एमाले कमिटीले नाम सिफारिश गर्दा उनको नाम काटियो ।

चौधरीका अलावा रेवती घिमिरेको पनि नाम काटियो । प्रदेश कमिटीले उपमेयर लक्ष्मी गौतम, उपमहानगरका अध्यक्ष यामकुमार सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौलागाईं र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ । अब केन्द्रले यसबारे निर्णय लिनेछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्