Logo

धुर्कोट गाउँपालिकाको अध्यक्षमा महेन्द्र भण्डारी सर्वसम्मत



बुटवल बैशाख ८ । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सर्वसम्मत सिफारिस भएका छन् ।

गाउँ समितिको मंगलबार बसेको बैठकले भण्डारीलाई सर्वसम्मतरुपमा सिफारिस गरेको सभापति हरिबहादुर थापाले जानकारी दिए ।

भण्डारी नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि हुन् । धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले हालका अध्यक्ष भुपाल पोखरेललाई सर्वसम्मत सिफारिस गरेको छ ।

यसअघिको चुनावमा गठबन्धन गर्दा अर्कोपटक कांग्रेसलाई प्रमुख दिने सहमति गरेपनि माओवादी केन्द्रले पालना नगरेकाले यसपटक धुर्कोटमा प्रमुख पद कांग्रेसले नछाड्ने सभापति थापाले बताए ।



प्रतिक्रिया दिनुहोस्