Logo

कुनै ठाउँ पाउन कुनै ठाउँ छोड्नु बाध्यता हो, दलभित्रको असन्तुष्टि मिलाउँछौंः राजकिशोर यादव



काठमाडौं, ८ वैशाख । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले महानगर र उपमहानगरमा भएको ५ दलीय सहमतिमा केही गुनासा वा असन्तुष्टि रहे पनि त्यसलाई मिलाउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “५ दलीय सहमतिपछि केही गुनासा र असन्तुष्टि आइरहेको छ । नेपालगन्ज र विराटनगरमा आफ्नो नेतृत्व पाउनुपर्ने जसपाको दाबी थियो । शक्ति सन्तुलनको हिसाबमा कुनै ठाउँमा पाउने कुनै ठाउँमा छाड्ने बाध्यतात्मक स्थिति भयो । हामीले कोसिस गर्दागर्दै पाउन सकेनौं । अव त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर सोचिरहेका छौं ।”
नेपाली कांग्रेसभित्र देखिएको असन्तुष्टिको व्यवस्थापन उसले नै गर्ने पनि यादवले औंल्याए । उनले थपे, “स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको आफ्नै खालको तयारी थियो । एक्लै लड्दा यो भन्दा बढी कार्यकर्ता व्यवस्थापन हुन्थ्यो । यो बाध्यतात्मक परिस्थितिको उपज हो । कांग्रेसका साथीहरुले पनि के बुझ्नुपर्छ भने कांग्रेसले कतै छाड्दा कतै लिएको छ । कांग्रेसले असन्तुष्टिहरुको कसरी व्यवस्थापन गर्छ, त्यो उसको कुरा भयो । त्यसमा मैले टिप्प्पणी गर्न सक्दिनँ । गठबन्धनको पहलकदमी कांग्रेसले गरेको हो, व्यवस्थापन पनि उसकै जिम्मेवारी हो । तर उसले के बुझ्नुपर्छ भने कसैले कसैलाई कृपा वा दया गरेर दिएको होइन ।”



प्रतिक्रिया दिनुहोस्