Logo

महानगरपालिकामा गठबन्धनबाट कहाँ को मेयरको उम्मेदवार ?



काठमाडौं, ८ वैशाख । सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाहरुमा साझा उम्मेदवार कुन दलबाट हुने टुंगो लगाएसँगै व्यक्तिबारे चासो हुन थालेको छ । उम्मेदवारहरुको पनि लगभग दलहरुभित्रबाट टुंगो लागिसकेको छ ।

काठमाडौं महानगरपालिकामा काँग्रेसबाट मेयरमा सृजना सिंह उम्मेदवार बन्ने सम्भावना बढेको छ । उनी काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । सिंह पछि हटेमा हरिप्रभा खड्का र निलकाजी शाक्यको सम्भावना छ ।

ललितपुर महानगरपालिकामा काँग्रेसबाट वर्तमान मेयर चिरिबाबु महर्जनको सम्भावना देखिएको छ । तर, उनी पछि हट्ने अवस्था बनेमा चन्द्र महर्जन देखिएका छन् । चन्द्र महर्जन पूर्व सांसद हुन् । प्रेमकृष्ण महर्जन पनि मेयरको सम्भावित हुन् ।

विराटनगरमा काँग्रेसबाट वर्तमान भेयर भीम पराजुली उम्मेदवार बन्ने सम्भावना रहेपनि डा. डिला संग्रौला पनि अगाडि बढेकी छिन् । सभापति शेरबहादुर देउवाले डिलालाई अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

भरतपुर महानगरपालिकाबाट नेकपा माओवादी केन्द्रबाट गठबन्धनमा मेयरको साझा उम्मेदवार बन्दैछन् । वर्तमान मेयर रेनु दाहाल फेरि उम्मेदवार बन्ने बुझिएको छ ।

वीरगञ्जमा जनता समाजवादी पार्टीले गठबन्धनको साझा उम्मेदवार मेयरमा उठाउने भएको छ । त्यहाँ राजेशमान सिंह मेयरको उम्मेदवार बन्ने बुझिएको छ ।

पोखरा महानगरपालिकामा नेकपा एसबाट गठबन्धनको मेयरका साझा उम्मेदवार बन्ने भएका छन् । एसका धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियू सभापति आचार्य पोखराका चर्चित व्यवसायी हुन् । उनको जलविद्युतमा पनि लगानी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्