Logo

आतंकवादी घोषित संगठन ‘आइएस’ रुस र चीनसँग विस्तार हुनसक्ने खतराबारे रिसर्च पेपर



एजेन्सी, ८ वैशाख । आतंकवादी घोषित संगठन इस्लामिक स्टेट (आइएस) को विस्तार मध्य एशियामा भएको रिसर्च पेपर सार्वजनिक भएको छ ।

क्यानडा केन्द्रित थिंक ट्यांकले प्रकाशित गरेको रिसर्च पेपरमा सिरिया र इराक हुँदै आइएस मध्य एशियासम्म विस्तार भएको उल्लेख गरेको हो ।

आइएस रुस र चीनसँग फैलिन लागिरहेको खतरा समेत औल्याइएको छ । टेररिष्ट थ्रेट इन सेन्ट्रल एशियाः वान प्रोब्लम, डिफरेन्ट एप्रोचेच इन्टरनेशनल फोरम फर राइट्स एन्ड सेक्युरिटीले प्रकाशित गरेको पेपर हो । अलेसान्ड्रो लुन्डिनी लेखक रहेको पेपरमा अतिवादी संगठनले आफ्नो क्षमता विकास गरिरहेको भनिएको छ । हजारौं युवाहरु मध्य एशियाबाट आइएसमा आवद्ध भएको पेपरमा तथ्यांक दिइएको छ ।

युरेरियाको क्षेत्रमा पनि आइएस विस्तार हुनसक्ने पेपरले खतरा औल्याएको छ । विशेषगरी उज्वेकस्तिानमा खतरा बढिसकेको भनिएको छ । तालिवानको अफगानिस्तानमा रहेको शासनसँगै तुर्केमिनिस्तानलगायत सीमा जोडिएका क्षेत्रसम्म आइएसको खतरा उल्लेख छ । ती देशहरु रुससँग सीमा जोडिएका छन् ।

रुससँग मध्य एशियाका तुर्केमिनिस्तान र उज्वेकस्तानले सुरक्षा सम्झौता गरेको विषय पनि उल्लेख छ । तर, ती देशहरुका कतिपय मुसलमान समूहहरु आइएससँग जोडिएको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot