Logo

आफैले बोेकेको राइफल पड्किएर महिला सैनिक जवानको मृत्यु



बुटवल, ८ बैशाख । शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिकको उपचारको क्रममा मृत्यु भएको छ । गोली लागेर गम्भिर घाइते भएकी झापाको गौरदश नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।

सैनिक जवान राजवंशीले गए राती ड्यटीमा रहेको बेला आफैले बोकेको राइफले आफैतिर तेस्याएर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएकी राजवंशीको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो । उनी केही दिन अघिमात्रै शमशेर दल गण सरुवा भएर आएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्