Logo

घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्न लाग्दा…



तनहुँ, ८ बैशाख । मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ४३ वर्षीय भिम बहादुर थापाको घरमा पार्किङ गरी राखेको ध.१ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रुकुम पश्‍चिम आठबिसकोट नगरपालिका–३ घेत्मा घर भई हाल स्याङ्जा हरिनास गाउँपालिका चिसापानीस्थित सडक निर्माण गर्ने क्याम्पमा बस्ने २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका छन् ।

उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शुक्लागण्डकी नगरपालिका(८ स्थित पुलचोकबाट उनीहरूलाई मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ।

उनीहरुमाथि तनहुँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्