Logo

चार राउण्ड गोली र सुन छाडेर डेराबाट महिला फरार भएपछि….



काठमाडौं, ८ बैशाख । काठमाडौंको कोटेश्वरमा डेरा गरी बस्दै आएकी एक महिलाको कोठाबाट चार राउण्ड गोली र एक किलो सुन फेला परेको छ ।

कोटेश्वर नरेफाटस्थित सुनमाया श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी प्रमिला तामाङको डेरामा उक्त सामान बरामद भएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि सम्पर्कमा नआएपछि आफ्नो घरको कोठा खोल्न घरपेटीले महानगरबाट प्रतिनिधि र प्रहरी बोलाएका थिए ।

प्रतिनिधिहरुको उपस्थितिमा उक्त कोठाबाट गोली र नक्कली सुन बरामद भएको प्रहरीले जनाएको छ । उक्त सामानसँगै नेपाली सेनाको जर्सी, कम्ब्याट पोसाक, राहदानी लगायतका सामान पनि बरामद गरेको हो ।



प्रतिक्रिया दिनुहोस्