Logo

एमालेले महानगर र उपमहानगरका मेयर र उपमेयरको टुँगो बैशाख १० गते लगाउने



काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको निर्वाचनको लागि ६ वटा महानगर र उपमहानगरको प्रमुुख र उपप्रमुखको टुंगो आगामी बैशाख १० गते लगाउने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले १० गते दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्ने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

सचिवालय बैठकमा प्रदेश कमिटीले सिफारिस गरेका उमेदवारहरूको बारेमा आज छलफल भएको छ । महानगरपालिकामध्ये ललितपुरमा हरिकृष्ण ब्यञ्जनकार, वीरगञ्जमा विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्