काठमाडौं, ८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलको उक्साहटमा लागेर आफूले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने निर्णय लिएको बताएका छन् । कैलालीको मसुरियामा बोल्दै उनले कटवाललाई हटाउनु गम्भीर गल्ती भएको स्वीकारे ।
‘रुक्माङ्गगत कटवाल तीन महिनापछि त्यसै जानेलावा थियो । दायाँतिर बादल बायाँतिर बाबुराम ठोक भन्ने जतिबेला पनि,’ प्रचण्डले भने,‘यीनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि मेरै प्रधानमन्त्री पदल गयो ।’ आफू अलि लाटोसोझो भएर निर्णय लिएको सुनाए ।
गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु पनि आफ्नो गल्ती भएको बताए । उनले भने,‘जीन्दगीभर राजतन्त्र भनेको मान्छे मर्ने बेलामा गणतन्त्र भनेर माओवादीसँग हात मिलाएर आए । त्यस्तो बुढालाई राष्ट्रपति बनाउन पाइएन ।’
पछिल्लो समय बादल एमालेमा र बाबुराम जसपामा छन् । दुवैप्रति प्रचण्डले आलोचना गरे । यसलाई अर्थपूर्ण मानिएको छ ।-File Photo