Logo

ऋणको समस्या समाधानका लागि श्रीलंकालाई फेरि ऋण



एजेन्सी, ८ वैशाख । श्रीलंकाको ऋणको ब्याज तिर्न ऋण नै लिने मोडल यतिबेला चासोको विषय बनेको छ । ऋणको जालोमा परेको श्रीलंकाले फेरि ऋण नै लिएर तत्कालको समस्या निकाल्ने शैली अपनाउन लागेको छ ।

श्रीलंकाका भूराजनीतिक विश्लेषक असांगा अबियागोनासेकेराले ऋण तिर्न ऋण नै लिने मोडलबारे पहिलोपटक थाहापाएको सुनाए । उनले चीनबाट फेरि ऋण लिएर ऋणको समाधान गर्न खोजिएको विषय उठाएका हुन् । तर, उक्त ऋणको ब्याजबारे नखुलाइएको उल्लेख गरे ।

श्रीलंका रणनीतिक रुपमै ऋणको जालोमा परेको उनले उल्लेख गरेका छन् । यसले चीनसँग श्रीलंकाको सम्बन्धमा धेरै परिवर्तनहरु आउन थालेको बताए ।

चीनको श्रीलंकासँगको सम्बन्धमा केही छुटेका विषयहरुबारे उल्लेख गर्दै रणनीतिक ट्रयापमध्ये राजापाक्षे सरकार बचाउन चीनले सहयोग गरिरहेको र लोकतान्त्रिक प्रणालीबाट तानाशाही शासनमा श्रीलंकालाई लान खोजेको विषय पनि उल्लेख गरेका छन् ।

चीनले श्रीलंकालाई र श्रीलंकाले चीनलाई मानवअधिकार परिषदमा युद्ध अपराधसम्बन्धी आरोपबारे एक अर्कालाई साथ दिएको विषय पनि उठाइएको छ । तर, श्रीलंकाका जनता निकै आक्रोशित भइरहेको उल्लेख छ । श्रीलंकाको संकटमा भारतले साँढे २ अर्ब डलर सहयोग गरेको छ । त्यहाँ खाद्य र इन्धनको संकट परिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot