काठमाडौं, ८ चैत : नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् । तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।
उनले फेशबुकमा लेखेकी छिन्-“आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकहरुसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाहरूको अाशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ।
-केकी /रोहित”