Logo

काँग्रेसले आज महानगरपालिकामा उम्मेदवार घोषणा गर्ने, कहाँ कस्ले पाउला टिकट ?



काठमाडौं, ९ वैशाख । नेपाली काँग्रेसले आज ३ महानगरपालिकामा मेयर र ३ महानगरपालिकामा उपमेयर घोषणा गर्ने भएको छ । काँग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं, ललितपुर र विराटनगरमा उम्मेदवार उठाउने भएको हो ।

ललितपुर र विराटनगरमा २०७४ सालको स्थानीय चुनावमा काँग्रेसले मेयर र उपमेयर दुवै जितेको थियो । यसपटक काँग्रेसले ललितपुर र विराटनगरका अलावा काठमाडौंमा समेत उम्मेदवार खडा गर्दैछ । वीरगञ्ज, पोखरा र भरतपुरमा उपमेयरको उम्मेदवार खडा गर्दैछ ।

काँग्रेसबाट काठमाडौंमा सृजना सिंहको सम्भावना बलियो देखिएको छ । उनी उम्मेदवार बन्ने लगभग पक्का भएको बुझिएको छ ।

ललितपुरमा वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द्र महर्जन र प्रदेश सांसदका उम्मेदवार प्रेमकृष्ण महर्जनमध्येबाट उम्मेदवार बन्ने बुझिएको छ ।

विराटनगरमा वर्तमान मेयर भीम पराजुली र केन्द्रीय सदस्य डा. डीला संग्रौलामध्येबाट एक उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले संग्रौलालाई अगाडि बढाउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot