Logo

पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग



पोखरा, बैशाख ९ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयररउपमेयरको टिकट छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे ।

उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई मेयरको टिकट दिन हुँदैन ।’ उनको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरंग आएको छ ।

एमाले निकट केही नेताहरुले नै उनको अभिव्यक्ति भन्दै ४८ घण्टाभित्र सत्तारुढ दलका ३ सांसदले राजीनामा दिन लागेको सामाजिक सन्जालमै लेखेका छन् ।

‘नेकपा एमाले सचिवालय बैठकमा विशेष श्रोतका अनुसार उपमहासचिव पृथ्वीसुब्बा गुरूङले ४८ घण्टाभित्र अन्य दलका ३ जना सांसदले राजीनामा दिने र आफ्नो नेतृत्वमा सरकार बन्ने रिपोर्ट गर्नुभएअनुसार पार्टीले कुनै प्रदेश संसदलाई मेयर उठाउन नहुने प्रस्ताव गर्नुभएको छ,’ एमाले निकट इन्जिनियरहरुको संस्था पीनका केन्द्रीय नेता ध्रुव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उपमहासचिव गुरुङले समेत जुनसुकै अवस्थामा सरकार ढल्न सक्ने बताए । ‘सर्वोच्चले विकल्प रहँदासम्म सरकार बन्न दिनुपर्छ र चुनावमा जान दिनुहुँदैन भनेर फैसला गरेको छ ।

त्यो हेर्दा गण्डकीमा छिटै एमालेको सरकार बन्न सक्छ,’ उनले भने, ‘अहिले सांसदलाई राजीनामा गराएर मेयरमा पठाउँदा समस्या हुन्छ । त्यसैले सांसदलाई टिकट दिन हुँदैन ।’ तर एमालेले नै भरतपुरमा बागमति प्रदेश सांसदलाई मेयर टिकट दिने पक्का भएको छ । उनले संसदबाट राजीनामा दिइसकेका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot