Logo

आज विश्व पृथ्वी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै (तस्बीर हरौ)



काठमाडौं, ९ बैशाख । विश्व पृथ्वी दिवसको अवसरमा आज नेपालमा पनि ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

शुक्रबार रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बासबारीका विद्यार्थीहरुले पनि विश्व पृथ्वी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् ।

सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot