काठमाडौं, ९ बैशाख । आगामी स्थानीय चुनावमा देशभर १० हजार पर्यवेक्षकले निर्वाचन निरिक्षण गर्ने भएका छन् । ४४ वटा मापदण्ड पुरा गरेका संस्थाहरुलाई निर्वाचन आयोगले पर्यवेक्षणको अनुमति दिने भएको हो ।
तर पर्यवेक्षकहरुले आफ्नो मतदाता नाम भएको स्थानमा भने पर्यवेक्षण गर्न पाउनेछैनन् । पर्यवेक्षकहरुले निर्वाचन सकिएपछि तोकिएको अवधिमा निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनुपर्ने आयोगले जनाएको छ ।