Logo

ललितपुरमा दक्षिण एसियाली डकुमेन्ट्री महोत्सव सुरु



काठमाडौं, ९ बैशाख । ललितपुरमा दक्षिण एसियाली डकुमेन्ट्री महोत्सव फिल्म साउथ एसिया २०२२ सुरु भएको छ । महोत्सवको बिहीबार एक कार्यक्रमकाबीच सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका हुन् ।

कमलमणी थिएटरमा सुरु भएको फेस्टिभलमा भारतीय निर्देशक दीप्ती गुप्ता निर्देशित डकुमेन्ट्री फिल्म ‘सट अप सोना’ स्क्रिनिङ गरिएको हो ।

यसपटक फेस्टिभल जुरीको रुपमा भारतीय कलाकार तथा फिल्ममेकर ऐसा अब्राहम, श्रीलंकाली प्राध्यापक तथा फिल्ममेकर सुमाथी शिवामोहन र नेपाली फिल्ममेकर छिरिङरितार शेर्पा छन् ।



प्रतिक्रिया दिनुहोस्