Logo

उपसचिवबाट राजीनामा दिएर कांग्रेसबाट मेयर लड्दै



काठमाडौं, ९ बैशाख । स्थानीय तहको चुनावमा नगरपालिकाको मेयरमा लड्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिष्णुप्रसाद भुसालले राजीनामा दिने भएका छन् ।

भुसालले नेपाली कांग्रेसबाट नवलपुरको देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिन लागेका हुन् । निजामाति सेवामा दुई दशक बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

उनले सोही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर पनि लामो समय काम गरेका छन् । देशभर आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्