Logo

प्रचण्डको टिप्पणी– एमालेमा इमान्दार नेता पनि छन्, नेतृत्वमा विचलन आयो



काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले इमान्दार नेता समेत रहेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमा सबै नेता खराब नभएको बताएका हुन् ।

यस्तै, उनले एमालेमा नेतृत्वका कारणले इमान्दार नेतालाई अफ्ठ्यारो परेको बताए ।

‘यो दिवसले गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न उहाँहरूलाई प्रेरणा मिलोस् । फेरी पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने प्रेरण मिलोस्,’ उनले भने ।

उनले बाम गठबन्धन महान प्रयोग रहेको दाबी गर्दै नेतृत्वमा परेको विचलनका र गैर कम्युनिष्ट चिन्तनको कारणले अहिलेको अवस्था आएको बताए ।



प्रतिक्रिया दिनुहोस्