रौतहट, ९ बैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको निकै महत्वपुर्ण क्षेत्र मानिएको चन्द्रपुर नगरपालिकामा गठबन्धन नहुने संकेत देखिएको छ ।
नेपालको महत्वपुर्ण क्षेत्र चन्द्रपुरमा नेपाली कांग्रेस र समाजवादीले छुट्टाछुट्टै उम्मेदवारको नाम सिफारिस गरेसँगै सत्तासाझेदार पाँच दलिय गठबन्धनको सम्भावना टरेको हो ।
एसले मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीलाई सिफारिस गरेको छ भने कांग्रेसले आज टुंगो लगाउदै छ । कांग्रेसले यस अघि नै सात जनाको नामावली तयार गरिसकेको छ ।