Logo

कांग्रेसद्धारा केन्द्रीय परिचालन उपसमितिमा ७ जना संयोजक मनोनित



काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेसले निर्वाचन केन्द्रीय परिचालन समितिका विभिन्न उपसमितिहरुको संयोजक तोकेको छ।

उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको वैशाख २ गते बसेको बैठकको निर्णय अनुसार केन्द्रीय परिचालन समिति अन्तर्गत गठित उपसमितिहरुमा ७ जना संयोजकहरु मनोनयन गरेका हुन् ।

केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे – संयोजक – भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति,
केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकमा – संयोजक – आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति,
केन्द्रीय सदस्य प्रदिप पौडेल – संयोजक – अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमिति,
केन्द्रीय सदस्य मदनबहादुर अमात्य – संयोजक – शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति,
केन्द्रीय सदस्य उदय शम्शेर राणा – संयोजक – विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति,
केन्द्रीय सदस्य जीतजंग वस्नेत – संयोजक – जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र
केन्द्रीय सदस्य रामहरी खतिवडा – संयोजक – निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा मनोनयन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot