Logo

भरतपुरकी मेयर रेनु दाहालले उम्मेदवार बन्न राजीनामा दिँदै



काठमाडौं, ९ बैशाख । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी चुनावमा उम्मेदवार बन्न आज पदबाट राजीनामा दिने भएकी छिन् ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले राजीनामा दिने भएकी हुन् ।

पुनः उम्मेदवार बन्न राजीनामा दिनपर्ने निर्वाचन आयोगको प्रावधान अनुसार दाहालले पहिलो कार्यकालबाट राजीनामा दिन लागेकी हुन् ।

गठबन्धनमा भरतपुर महानगरको मेयर माओवादीलाई दिने सहमति भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्