Logo

पुर्व राजदुत लक्की शेर्पा एमाले प्रवेश



काठमाडौं, ९ बैशाख । अष्ट्रेलियाको लागि पुर्व नेपाली राजदुत लक्की शेर्पा आज नेकपा एमाले प्रवेश गरेकी छिन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच माओवादीकी पुर्व केन्द्रीय सदस्य समेत रहेकी शेर्पा आज एमाले प्रवेश गरेकी हुन् ।

त्यस्तै, आज माओवादीको सहकारी विभागका प्रमुख तथा केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, लेखनाथ नगरपालिकाका पुर्व मेयर शालीग्राम पौडेललगायत आज एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot