काठमाडौं, ९ बैशाख । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा गत बैशाख ८ गते बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ०२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
मध्यनेपाल न.पा. वडा नंं ०२ सोतीपसल स्थित पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीज्यू, वडा नं. ०१ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर थापाले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष ऋषी राम पुरी र मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णु हरि बास्तोला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।