एजेन्सी, ९ वैशाख । पाकिस्तानमा लोडसेडिङ्ग बढेको छ । मुसलमानहरुको पवित्र महिना रमदानको समयमा पनि लोडसेडिङ्ग कायमै रहेपछि चासो बढेको छ ।
पाकिस्तानका महत्वपूर्ण शहरहरु कराँची, लाहोर र रावलपिण्डीमा ४ देखि १० घन्टासम्म लोडसेडिङ्ग हुन थालेको छ । जिओ न्युजका अनुसार ग्रामीण भेगहरुमा १२ घन्टासम्म लोडसेडिङ्ग छ । त्यहाँका नागरिकहरु लोडसेडिङ्गले दिक्क भइसकेको खबर छ ।
पाकिस्तानमा विभिन्न पावर प्लान्ट छन् । ३९ हजार मेगावाट क्षमताका पावर प्लान्टहरु रहेपनि १२ हजार मेगावाट दिनको समयमा र पिक आवरमा १६ हजार मेगावाट मात्र उत्पादन भइरहेका छन् ।
पानीको अभावले जलविद्युत आयोजनाहरुबाट उत्पादन कम रहेको जनाइएको छ । तरबेला ड्यामलगायतका ठूला आयोजनाहरुमा पानीको अभावले जलविद्युत उत्पादन घटेको छ ।-Representative Image