Logo

आईपीएलमा आज कोलकत्ता र गुजरात तथा बैंगलोर र हैदरावाद भिड्दै



काठमाडौं, १० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् ।

शनिबार हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्ने छन् ।

मुम्बईमा हुने पहिलो खेल नेपाली समय अनुसार चार बजे सुरु हुनेछ ।

कोलकत्ता ७ खेलमा ६ अंकका साथ सातौं स्थानमा रहेको छ भने ६ खेल १० अंक जोडेको गुजरात दोस्रो स्थानमा रहेको छ ।

साथै, बैंगलोर र हैदरावादबीचको खेल नेपाली समय अनुसार राति आठ बजे सुरु हुनेछ ।

बैंगलोर ७ खेलमा १० अंक जोडेर तेस्रो स्थान रहेको छ भने ६ खेलमा ८ अंक जोडेको हैदरावाद पाँचौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot