Logo

हंशपुर नगरपालिकाका मेयर मण्डलले दिए राजीनामा , आउने चुनावपनि जित्ने दाबी



अनिल कुमार निराला , जनकपुरधाम १० बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिनका लागि शुक्रबार हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले राजीनामा दिएका छन् ।

हंशपुरनगरपालिकाका विभिन्न वडामा पुनः जनप्रतिनिधिको उमेदवार बन्नका लागि लोसपाका सबै वडा अध्यक्षले राजीनामा दिएका छन। जनप्रतिनिधिहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहालसमक्ष पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थालाई सदर गरेपछि जनप्रतिनिधिहरु धमाधम राजीनामामा जुटेका हुन् । नगर प्रमुख मंडललगायत वडाध्यक्षहरू नगरपालिकाको कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत दाहाललाइ राजीनामा बुझाएका हुन् ।

नगर प्रमुख मण्डलले अबको दिनमा चुनाब जितेर आएपछि बिगतका बाँकी रहेका काम पुरा गर्नै वाचाका साथ लोकतान्त्रिक समाजबादी पार्टीबाट नै चुनाब लड्ने पक्का रहेको बताए । देशमा रहेका संवैधानिक व्यवस्थालाई व्यबस्थित गर्दै आउँदो चुनावमा बाँकी रहेका सम्पुर्ण काम र कानुन ब्यबस्थापन गर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्