Logo

उम्मेदवार छान्न समेत माओवादी केन्द्र रसुवाले गर्यो मतदान



रसुवा, १० वैशाख : नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ ।

उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनौटका लागि मतदान गरिएको हो ।

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए ।

गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि  मतदान गरिएको उनले बताए ।

मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्