Logo

पाकिस्तानमा तेलको संकट, विदेशी विमानलाई तेल भरेर आउन भनियो



एजेन्सी, १० वैशाख । पाकिस्तानमा इन्धनको संकट परेको छ । कच्चा तेलको संकटले समस्या बढेसँगै पाकिस्तानले विदेशी जहाजलाई पर्याप्त तेल भरेर मात्र आउन भनेको छ ।

स्थानीय मिडियालाई उदृत गर्दै एएनआईले तेलको आपूर्तिमा अवरोधपछि विमानस्थलहरुमा तेल पर्याप्त पुग्न सकेको छैन । प्रशोधन केन्द्रहरुले कच्चा तेल कममात्र पाइरहेको उल्लेख छ ।

पाकिस्तानकै विमानहरुले पनि जेट विमानको तेल कम पाउन थालेका छन् । जसका कारण विदेश पुग्दा नै पर्याप्त तेल भरेर ल्याउन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot