Logo

चीनसँग सुरक्षा सम्झौता गरेपछि सोलोमन आइल्यान्डका प्रधानमन्त्रीलाई अमेरिकी चेतावनी



एजेन्सी, १० वैशाख । अमेरिकाले सोलोमन आइल्यान्डका प्रधानमन्त्री मिनासे सोगाभेरेलाई चेतावनी दिएको छ । चीनसँग सुरक्षा सम्झौता गरेपछि त्यसको गम्भीर जवाफ दिने भन्दै अमेरिकाले चेतावनी दिएको हो ।

अमेरिकाले सुरक्षा सम्झौताबारे गम्भीर चासो भएको समेत जनाएको छ । चीन र सोलोमन आइल्यान्ड बीच सुरक्षा सम्झौता भएको छ । यसले चीनको नौसैनिक आधार सोलोमन आइल्यान्डमा खडा हुन सक्ने भन्दै अमेरिकाले गम्भीर चासो व्यक्त गरेको छ ।

२२ अप्रिलमा अमेरिकाबाट सोलोमन आइल्यान्डमा उच्चस्तरीय भ्रमण भएको थियो । उक्त भ्रमण दलले त्यहाँका प्रधानमन्त्री सोगाभारासँग ९० मिनेट गम्भीर छलफल गरेको थियो । उनीहरुले सोलोमनको हितका लागि सहयोगको आग्रह समेत गरेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot