Logo

माधव नेपालले छाने मेयर उपमेयरका उम्मेदवार



काठमाडौं, १० वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले पोखरामा धनराज आचार्यलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको नेकपा एसको पदाधिकारी बैठकले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गठबन्धनले पोखरामा नेकपा एसलाई मेयरको साझा उम्मेदवार दिने निर्णय गरेको थियो । आफ्नो भागमा परेको पोखरामा एसले व्यवसायी आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आचार्य पोखरास्थित पृथ्वीनारायण क्यापसका पूर्व स्ववियू सभापति हुन् । उनी जलविद्युत आयोजनामा सक्रिय छन् ।

हेटौंडामा नेकपा एसले मीना लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी हेटौंडाकी बहालवाला उपमेयर हुन् ।

काठमाडौं महानगरपालिकामा नेकपा एसका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार बन्ने भएका छन् । इटहरी उपमहानगरापलिकाको उपमेयरमा एसबाट केश बिष्टको उम्मेदवारमा नाम चयन भएको छ ।

बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, घोराही नगरपालिकाको उपमेयरमा जोगबहादुर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot