Logo

एमालेले छान्यो ९ उपमहानगरपालिकामा उम्मेदवार (सूचीसहित)



काठमाडौं, १० वैशाख । नेकपा एमालेले ९ उपमहानगरपालिकामा उम्मेदवार छानेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवार छानेको हो ।

महानगरपालिकाहरुमा उम्मेदवार छानिसकेको एमालेले साँझ उपमहानगरपालिकाहरुमा पनि उम्मेदवार छानेको हो । एमालेको केन्द्रले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्ने तय गरेको थियो । नगरपालिका र गाउँपालिकाको उम्मेदवार प्रदेशलाई जिम्मा दिएको थियो ।

एमालेले जितपुर सिमरा र जनकपुरमा उम्मेदवार छान्न बाँकी छ । ९ उपमहानगरपालिकाहरुमा उम्मेदवार छानिएका हुन् ।

धनगढी

मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान

मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया 

मेयर- बिनोद शाह



प्रतिक्रिया दिनुहोस्