Logo

गठबन्धनको नाममा कांग्रेसले धोका दिएको झलनाथको आरोप



काठमाडौं, १० बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल गरेका छन् । तर, स्थानीय तहमा भने तालमेलको विषय झनै पेचिलो बनेको छ ।

गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चुनावी गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले भूमिका नखेलेको आरोप लगाएका छन् ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा धेरै ठाउँमा कांग्रेसले धोका दिएको आरोप लगाए । उनले आफ्नै गृहजिल्ला ईलाममा पनि कांग्रेसले त्यस्तै रवैया देखाएको आरोप लगाए । उनले कांग्रेसले गठबन्धनमा भएको सहमतिको मर्म र भावनाविपरित कांग्रेसले एमालेसँग भित्रभित्रै सहमति गरेको आरोप लगाए ।

नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको तल्लो निकायसम्मै केन्द्रबाट हस्तक्षेप गर्नुपर्ने माग राख्दै आएको छ। कांग्रेस आँफैले पनि अहिलेसम्म महानगर र उपमहानगरमै उम्मेद्धवार तय गर्न सकेको छैन् । केन्द्रमा जे जस्तो सहमति भएपनि स्थानीय तहमा भने दलहरुले आ आफ्नै रणनीति बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot