काठमाडौं, बैशाख ११ । सत्तारूढ गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ ।
पाँच दलीय गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयर पाएको छ । यस्तै, काठमाडौं महानगरपालिकामा उपमेयर पाएको एकीकृत समाजवादीले हेटौडा उपमहानगरपालिकामा मेयर पाएको छ । इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकामा एकीकृत समाजवादीले उपमेयर पाएको छ । राजधानी दैनिकबाट