Logo

नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितको आक्रोशः “भरतपुर र पोखरामा विरोध भइरहेको छ, अब विद्रोह हुन्छ, हुन्छ!”



काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले गठबन्धनका नाममा लोकतन्त्रलाई धरापमा पारिएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, हो, “हो, केपी ओली प्रतिगमनकारी हुन् । उनले दुईदुईचोटि संसद् विघटन गरे । तर के सुप्रिम कोर्टले खोलेको संसद् चल्यो त ? खुलाउने जिम्मा एमालेको थिएन । सभामुख अग्नि सापकोटाको थियो । उनले एमालेका १४ सांसदमाथि कारबाही गरेनन् । अब प्रतिगामी गठबन्धनका नेताहरु हुन् कि कि ओली हुन् ? जनताले छुट्याउनुपर्छ ।”
स्वाभिमानी कांग्रेस कार्यकर्ताले गठबन्धनका नाममा माओवादीलाई भोट हाल्न नसक्ने उनले बताए । डा.दीक्षितले भने, “यहाँ गठबन्धनका नाममा मै खाऊँ मै लाऊँ भन्ने अवसरवाद हावी भएको छ । पार्टीहरुबीच सिद्धान्त र विचारविना गठबन्धन भइरहेको छ । जनताले विकल्प रोज्न नपाउने केको लोकतन्त्र ? नेपाली कांग्रेस त महान् विचार लिएर हँिडेको पार्टी हो । स्वाभिमानी कांग्रेसले आफ्नै टाउको काट्नेलाई माओवादीलाई कसरी भोट हाल्छ ? १० वर्षसम्म बीभत्स हत्या कांग्रेसमाथि नै भएको थियो ।”
उनले भरतपुर महानगरमा रेनु दाहालले देउवाको बल र बाकी छोरी भएर होइन, स्वच्छ प्रतिस्पर्धा गर्न उपयुक्त हुने पनि बताए । डा. दीक्षितले भने, “विगत ५ वर्षमा रेनुले नराम्रो काम गरेकी छैनन्, राम्रै काम गरेकी छन् । तर अब उनले देउवाको बल, बाको छोरी मात्र भएर लड्दा इज्जत रहँदैन । त्यहाँ कोही कांग्रेस सन्तुष्ट छैनन् । यो २०४६ साल होइन, २०७९ साल हो । रामचन्द्र पौडेल वा देउवाले गरेर मात्र हुँदैन । सोकल्ड नेतामा किन बुद्धि आउँदैन ? भरतपुर, पोखरामा विरोध भइरहेको छ । विद्रोह हुन्छ, हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot