Logo

उम्मेदवार टुङ्गो लगाउन दलहरुको दौडधूप



डोटी, बैशाख ११ । डोटीमा ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त रहेका छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा एमालेले उम्मेदवार धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेको छ ।

एमालले आफूले जितेका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा गरेका कार्य, व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहो(याउने जनाएको छ । हालसम्म जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई दोहो-याउने निर्णय गरेको छ भने सायल गाउँपालिकामा पनि अध्यक्ष तेजबहादुर डुम्रेल र विष्ना सिंहलाई नै दोहो-याउने निर्णय गरेको एमाले डोटी कार्यालयले जनाएको छ । आदर्श गाउँपालिकामा डम्बरबहादुर वली भने गाउँमै मतदान गरेर अध्यक्षका लागि चयन भएका थिए।

यसै गरी, बोगटान फुड्सिल गाउँपालिकामा हस्तबहादुर बुढा निर्वाचनमा भाग लिने लगभग निश्चित भएर प्रचारमा जुटिसक्नुभएको छ भने अन्य पालिकामा पनि सर्वसम्मतको प्रयास भइरहेको एमालेले जनाएको छ । सबैजसो पालिकामा छलफल भइरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिए ।उता सत्तारूढ गठबन्धनका दलहरूमा भने कुरा नमिल्दा अझै अन्योलता कायमै छ ।

दगठबन्धनका दलकाबीचमा भागवण्डा नमिलेका कारण उम्मेदवार टुङ्ग्याउने काम अलमलमा परेको हो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्