Logo

चीनमा एकै दिन १५६६ कोरोना संक्रमित



एजेन्सी, ११ वैशाख । चीनमा एकै दिन १५६६ कोरोना भाइरसको संक्रमित बढेका छन् । त्यहाँ पछिल्लो समय संक्रमित संख्या बढिरहेको छ ।

सांघाई शहरमा मात्र १५६६ संक्रमित संख्या बढेका छन् । चीनको औद्योगिक शहर सांघाईमा औषधी र खाद्यको अत्याधिक माग बढेको छ ।

मार्च महिना देखि सांघाईमा लकडाउन हुँदा साँढे दुई करोड जनसंख्या घरमै रहन वाध्य भएका छन् । अप्रिल महिनामा सैनिक नै ख टाएर कोभिड १९ को परीक्षण गर्न लगाइएको छ ।

लामो समय घरमै बस्न वाध्य भएपछि नागरिकहरु निसास्सिएको विषय सामाजिक सञ्जालमा आएको छ । सन् २०१९ को अन्ततिर चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई अहिलेसम्म चुनौती झेल्न वाध्य पारिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot