Logo

स्वतन्त्र उम्मेद्वार बालेन शाहद्वारा प्रतिबद्धता सार्वजनिक



काठमाडौं, ११ वैशाख । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् ।

उनले सबै सरकारी कार्यालयमा सीसीटिभि जडान गर्ने, सरकारी कार्यालयमा बिहानी सिप्फ सञ्चालन गर्ने, सरकारी कार्यालयहरुका प्रभावकारी डेस्क स्थापना गर्ने बताएका छन् ।

त्यस्तै शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् ।

हेर्नुहोस घोषणापत्रको पुर्णपाठः



प्रतिक्रिया दिनुहोस्