Logo

पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै उपमेयरमा मेरो उम्मेदवारी : सुनिता डंगोल



काठमाडौं, ११ बैशाख । नेकपा एमालेको काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार सुनिता डंगोलले काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा विकास गर्ने आफ्नो उद्देश्य भएको बताएकी छिन् ।

डंगोलले काठमाडौं बनाउन र लक्ष्य प्राप्तिका लागि यो पटक पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै एमालेबाट उम्मेदवारी दिन लागेको स्पष्ट पारेकी हुन् ।

अभियन्ता डंगोलले काठमाडौंको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन् ।

काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने मेरो सपनालाई मूर्तरूप प्रदान गर्न युवाहरु लगायत आम काठमाडौंबासीहरुको भरपर्दो साथ, सहयोग र समर्थन छ र हुनेछ भन्ने मेरो अपेक्षा पनि थप बलियो बन्दै गएको छ ।’ डंगोलले लेखेकी छिन्,‘राजनीतिमा मेरो यो पहिलो खुड्किलो हो । मैले राजनीतिकै माध्यमबाट निकै लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ । मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक–सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिए ।’

 



प्रतिक्रिया दिनुहोस्