काठमाडौं, ११ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि काठमाडौं महानगरको मेयर र उपमेयरमा विवेकशील साझा पार्टीले उम्मेदवारी दर्ता गराएको छ ।
विवेकशीलको तर्फबाट मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले आज मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर पार्टीले मनोनयन दर्ता गराएको हो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम