काठमाडौं, ११ बैशाख । धादिङमा गठबन्धनका तीनदलले एक स्थानीय तहमा बाहेक सबैमा भागवण्डा गरेका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये १२ वटामा नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले भागवण्डा गरेका हु्न्
तीन दलका सम्मिलित जिल्ला स्तरीय संयन्त्रले चुनावी गठबन्धन गर्न असफल भएपछि प्रदेश कमिटिले भागवण्डा मिलाएको हो ।
कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीलाई ३ स्थानीय तह छुट्टाइएको छ ।
थाक्रे गाउँपालिकामा भने अझै सहमति जुट्न सकेको छैन् । कांग्रेसको भागमा नीलकण्ठ, खनियाबास, सिद्धलेक, गंगाजमुना, ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकाको नेतृत्व पाएको छ ।
त्यस्तै, माओवादीलाई रुबी भ्याली, गजुरी, बेनीघाट गाउँपालिकाको नेतृत्व पाएको छ भने नीलकण्ठ, खनियाबास, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिकाको उपप्रमुख पाएको छ ।