काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आज आगामी स्थानीय तहको निर्वाचनको लागि सकल्प सार्वजनिक गरेको छ । पार्टीले जारी गरेको ८८ पुष्ठ लामो सकल्पमा एक वर्षभित्र संघिय प्रणालीलाई कार्यमुलक र प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई क्षमता अभिवृद्धि गर्ने लगायतका प्रतिवद्धता गरिएको छ ।
कांग्रेसले आफ्नो सकल्पमा चुनाव जितेमा के गर्ने र के नगर्ने कामहरुको विवरण पनि राखिएको छ । पार्टीले जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने पनि सकल्पमार्फत स्पष्ट पारेको छ ।
यसैगरी, पार्टीले नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।