Logo

कांग्रेसको सकल्पः आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र स्थानीय तहको ‘पार्टी अडिट’ गर्ने



काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आज आगामी स्थानीय तहको निर्वाचनको लागि सकल्प सार्वजनिक गरेको छ । पार्टीले जारी गरेको ८८ पुष्ठ लामो सकल्पमा स्थानीय सरकारको अनुगमन र मुल्यांकन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्ने प्रतिवद्धता गरिएको छ ।

पार्टीको हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र स्थानीय तहको ‘पार्टी अडिट’ गर्ने सकल्पमा उल्लेख गरिएको छ । स्थानीय सरकार र नेतृत्वको मुल्यांकन गर्दा राष्ट्रिय र स्थानीय तहले निर्धारण गरेको साथै लक्ष्यका साथै घोषणापत्रमा उल्लेखित सुंचाकको आधारमा मुल्यांकन गर्ने पनि स्पष्ट पारिएको छ ।

सकल्पमा एक वर्षभित्र संघिय प्रणालीलाई कार्यमुलक र प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई क्षमता अभिवृद्धि गर्ने लगायतका प्रतिवद्धता गरिएको छ । कांग्रेसले आफ्नो सकल्पमा चुनाव जितेमा के गर्ने र के नगर्ने कामहरुको विवरण पनि राखिएको छ ।

पार्टीले जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने पनि सकल्पमार्फत स्पष्ट पारेको छ । यसैगरी, पार्टीले नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्