Logo

महालक्ष्मी नगरपालिकामा माओवादीलाई मेयर, काँग्रेसलाई उपमेयर



काठमाडौं, ११ वैशाख । महालक्ष्मी नगरपालिका ललितपुरबाट गठबन्धनमा तालमेल मिलेको छ । महालक्ष्मी नगरपालिकाबाट माओवादी केन्द्रबाट मेयर र काँग्रेसबाट उपमेयरमा उम्मेदवारी दिने सहमति बनेको छ ।

आज काँग्रेस र माओवादीले तालमेलको सहमति गरेका हुन् । गोदावरी नगरपालिकाबाट काँग्रेसले मेयर र उपमेयर दुवै पाउने सहमति बनेको छ ।

कोञ्ज्योसोम गाउँपालिकामा माओवादीका अध्यक्ष र काँग्रेसका उपाध्यक्ष, बागमती गाउँपालिकाबाट काँग्रेसबाट अध्यक्षर माओवादी केन्द्रबाट उपाध्यक्ष, महाँकाल गाउँपालिकाबाट काँग्रेसबाट अध्यक्ष र माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार बन्ने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot