Logo

गहुँको नल बाल्न लगाइएको आगो मुक्तकमैया बस्तीमा पुग्यो, नियन्त्रणमा कठिनाई



कैलाली, ११ बैशाख । कैलालीको मुक्त कमैया बस्तीमा आगोलागी भएको छ । कैलारी गाउँपालिका–७ मा स्थित विपतपुर मुक्त कमैया शिविरमा आज भीषण आगोलागी भएको हो ।

खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाले उडाएर शिविरमा पुर्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आगो नियन्त्रणमा लिने प्रयास भईरहेको र आगोलागीमा परेर ६० भन्दा बढी घर जलेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्