Logo

कांग्रेसले टुंग्यायो हेटौंडा र थाहाको उपमेयर



हेटौंडा, १२ वैशाख : नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगाे लगाएको छ ।

गठबन्धनको निर्णयअनुसार हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीलाई र उपमेयर कांग्रेसलाई दिने भएको थियो ।

नेकपा एसले हेटौंडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

कांग्रेसले हेटौंडाको उपमेयरको लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरको लागि भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्