Logo

देशका विभिन्न पालिकामा एमाले र राप्रपाबीच तालमेल



काठमाडौं, १२ वैशाख । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच देशका विभिन्न पालिकाहरुमा तालमेल भएको छ । भरतपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उम्मेदवार उठाउने गरी तालमेल भएको छ ।

भरतपुरमा गठबन्धनका तर्फबाट माओवादी नेता रेनु दाहालले मेयरमा उम्मेदवारी दर्ता गर्ने भएकी छिन् ।

झापाको दमकमा एमाले र राप्रपाबीच तालमेल भएको छ । राप्रपाले मेयर र एमालेले उपमेयर उठाउने गरी तालमेल भएको हो ।



प्रतिक्रिया दिनुहोस्