ललितपुर, १२ वैशाख । गोदावरी नगरपालिकामा ललितपुर क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव राजु बस्नेतले मेयरमा बागी उम्मेदवारी दिएका छन् । उनले आज उम्मेदवारी दर्ता गरेका हुन् ।
काँग्रेसबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले टिकट बाँडफाँडमा एकलौटी गरेको भन्दै बस्नेतले उम्मेदवारी दर्ता गराएको बुझिएको छ । बस्नेत खोजतलास साप्ताहिकका प्रधान सम्पादक पनि हुन् । उनी गोदावरीका मेयर गजेन्द्र महर्जन बसोबास गर्ने वडाकै स्थायी बासिन्दा हुन् ।