Logo

कांग्रेस छाडेकी रुना झा एमालेबाट बनिन् जनकपुर उपमेयरको उम्मेदवार



काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस जनकपुरबाट उपमेयरमा टिकट नपाएपछि पार्टी परित्याग गरेकी रुना झालाई नेकपा एमालेले उपमेयरको उम्मेदवार बनाएको छ ।

कांग्रेसले उपमेयरमा किशोरी साहलाई उम्मेदवार बनाएको छ । कांग्रेस प्रदेश समिति सदस्य समेत रहेकी झालाई एमाले नेतृ जुली महतोले पार्टी प्रवेश गराएकी हुन् ।

गठबन्धनले मेयर जसपालाई दिने भनेपछि नगर सभापति मनोज साहले पनि स्वतन्त्रबाट उम्मेदवारी दिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्